बुटवल,चैत १८ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको बुटवलमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभामा होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटन नीति बनाउन तिनै तहका सरकारसंग मागगर्नु भएको छ् । पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीतिनभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले औल्याएका छन।
उनीहरुलेपर्यटन र कृषि क्षेत्रको विकासमा राज्यले कुरामात्रगर्ने व्यवहारमाकार्यान्वयनर्गदा समस्याविकरालवनेकोगुनासो गरेका छन ।कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायकोरोना संक्रमण घट्दै गएपछि केही सहजहुनथालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावितभएको व्यवसायीको भनाइ छ । कार्यक्रममाबोल्दै पर्यटन व्यवसायीतथाहोटल व्यवसायीमहासंघ नेपालका संस्थापकअध्यक्षमाधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीतिनभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताउनुभयो ।
पर्यटन क्षेत्रको विकासले देशको आर्थिक सम्वृद्विहुने प्रसस्त सम्भावना रहेपनित्यसप्रति राज्यले ध्यानदिननसकेको उहाँले दावीगर्नुभयो । उहांले देशलाई आर्थिक रुपले सम्वृद्विबनाउनपर्यटन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समयको मागअनुसार स्पष्ट नीतिनै चाहिने बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीकाअध्यक्ष रामप्रसादगौतमले पर्यटन व्यवसायलाई राज्यले उद्योग सरहको मान्यतादिने निर्णय गरेपनिकार्यान्वयनहुननसकेको बताउनुभयो । विदेशी मुद्धा आर्जनको एकमात्र स्रोत्तको रुपमा रहेको पर्यटन व्यवसाय धरासायीअवस्थामापुगेकोर रोजगारी गुमेको अनिव्यवसायी पेशावाट पलाएनहुदापनि राज्यपक्षगम्भिर हुननसकेको धारणा राख्नु भयो ।कोभिड अबधीको विद्युत डिमाण्ड चार्ज छुट गर्ने सरकारको निर्णय ठिक भएपनि सबै व्यवसायीले सेवालिननसकेको बताउनुभयो ।
पर्यटन व्यवसायीगोपाल रानाले पर्यटन क्षेत्रको विकासकालागि राज्यले चासो दिनुपर्ने बताउनुभयो । उहांले कृषि र पर्यटनलाई बुद्ध जन्मस्थललुम्बिनीसंग जोडर यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा ,पर्यटन डिभिजन कार्यालय रुपन्देहीकाप्रमुखमुक्ति पाण्डे,सिद्वार्थ होटल व्यवसायीसंगठनकाअध्यक्षपिताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिवविमलराज भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीकापूर्व अध्यक्षहरु पे्रमलाल पाण्डे,महेन्द्र श्रेष्ठ, मोदनाथ बेल्वासे, समुन्द्र जीसी रुपन्देहीव्यापार संघका प्रकाश ढकाल, यातयातमजदुर भलाई कोषका योग गुरुङ,संघका वरिष्ठ उपाध्यक्षवाबुरामगौतम ,महासचिवमाधवप्रसादखनालएति डिष्टीलरीकावजार प्रतिनिधीप्रितमगिरी लगायतले कोरोनाले थला परेको व्यवसायको पुनरउत्थानकालागिपुनरकर्जाको भुक्तानीको समयावधी ५ वर्ष पुराउनमागगर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)