Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार-२०७८’

सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार-२०७८’

  • 2.7K
    SHARES

  • सम्पादक ज्ञवालीलाई ‘उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार-२०७८’

    बुटवल,चैत १८ ।

    नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार–२०७८ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा जिल्ला सहकारी संघले हरेक बर्ष सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। साे पुरस्कार ३ सदस्यीय मुल्यांकन छनाेट समितिले सम्पादक ज्ञवालीलाइ दिने निर्णय गरेकाे हाे ।

    ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रुपन्देहीकाे भैरहवामा आयोजित अन्तरक्रिया, सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा ज्ञवाली नगद राशी रु १० हजार दाेसल्ला तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी तथा रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाश भट्टराईले संयुक्त रुपमा पत्रकार ज्ञवालीलाई पुरस्कृत गरेका हुन् । डेढ दशकदेखि रूपन्देहीको बुटवलमा रहेर क्रियाशिल पत्रकार ज्ञवाली बुद्ध टेलिभिजनका समाचार संयाेजक समेत हुन् ।

    त्यस अवसरमा बोल्ने बक्ताहरुले सहकारीहरु आफ्नो प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनीहरूले सहकारीमा सुचना प्रविधिकाे प्रयाेग,साईबर सुरक्षा,डिजिटल भुक्तानीलाई व्यापक बनाउनुपर्ने बताए ।

    रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रकाश भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचन, सहकारी संघका उपाध्यक्ष कृष्ण चाैहान क्षेत्री,सचिव सन्दिप सापकोटा, सिनपाका आर्थिक बिकास तथा सहकारी शाखाका कमलकान्त खनाल, लगायतले बाेलेका थिए ।

    साे अवसरमा उत्कृष्ट सामाजिक काम गर्ने लुम्बिनी ,पल्लवी,एफईसि,जिबिका तथा परिचित सहकारीलाई सम्मान गरिएको छ भने ११ वटा संस्था एकीकरण गर्ने सबैको बचत तथा ऋण सहकारी संस्था तिनपालाइ सम्मान गरिएको छ । साे अवसरमा सहकारी स‌घका पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाइ पनि सम्मान गरिएको थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology