Logo बिहिवार, आश्विन १ गते २०८३
images

सार्वजनिक यातायातमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि,चैत २० गतेदेखि लागू हुने

सार्वजनिक यातायातमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि,चैत २० गतेदेखि लागू हुने

  • 2.0K
    SHARES

  • सार्वजनिक यातायातमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि,चैत २० गतेदेखि लागू हुने

    बुटवल,चैत्र १७ ।

    सरकारले सार्वजनिक यातायातमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।

    एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने भएको छ ।

    अब उप्रान्त इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढ्ने वा घट्ने भए स्वचालिन प्रणालीबमोजिम नै मूल्य समायोजन गर्ने पनि विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुनेछ ।

    प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 

    यसअघि विभागले असार ३० गते यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बढाएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि सम्बन्धित क्षेत्रमा लागू हुनेगरी सार्वजनिक यातायात भाडा वृद्धि गरेका थिए ।congress.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology