Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुनसरीको रामधुनीमा मोटरसाइकल दुर्घटना,वडासचिवको मृत्यु

सुनसरीको रामधुनीमा मोटरसाइकल दुर्घटना,वडासचिवको मृत्यु

  • 2.1K
    SHARES

  • सुनसरीको रामधुनीमा मोटरसाइकल दुर्घटना,वडासचिवको मृत्यु

    सुनसरी,चैत्र १७ ।

    सुनसरीको रामधुनी नगरपालिका– ६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रामधुनी नगरपालिका– ६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

    इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology