बुटवल,चैत्र १७ ।
नेपाली काँग्रेस रुपन्देहीको कोषाध्यक्षमा जिल्ला सदस्य हरिप्रसाद अर्याल मनोनित भएका छन् ।कांग्रेस रुपन्देहीको कार्यसमितिको आज बसेको बैठकले अर्याललाई कोषाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले उपसभापति थानेश्वर घिमिरेलाई स्थानिय चुनाव प्रचार प्रसारका लागि संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।बैठकले सचिव हरि काफ्लेलाई अनुशासन समितिको संयोजकको जिम्मा दिएको छ ।
भने अर्का सचिव प्रमानन्द भट्टराईलाई स्थानिय तह निर्वाचन २०७९ को घोषणा पत्र लेखन समितिको संयोजकको जिम्मावारी दिएको सभापति रामकृष्ण खाँणले बताए।
यस्तै बैठकले अनुशासन कायम राख्न र आचारसंहिता पालन गराउन जिल्ला सचिव हरि काफ्लेलाई जिल्ला अनुशासन समितिको संयोजकमा चयन गरेको हो।
बैसाख ३० गते हुने स्थानिय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनको लागि प्रचार-प्रसार तीब्र पारिने उपसभापति अनिता ढुङ्गाना शाहले बताइन् ।
बैठकले जिल्लाको १५५ वटै वडामा जिल्ला सदस्यलाई घर- घर जाऔँ कांग्रेस जिताऔँ अभियानमा प्रतिनीधि खटाईएको सदस्य कमला पाण्डेले जानकारी दिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)