Logo बिहिवार, आश्विन १ गते २०८३
images

 एमसीसी लागू हुन सक्दैन,मोर्चा खोल्नुपर्छ’ : विप्लव

 एमसीसी लागू हुन सक्दैन,मोर्चा खोल्नुपर्छ’ : विप्लव

  • 2.2K
    SHARES

  •  एमसीसी लागू हुन सक्दैन,मोर्चा खोल्नुपर्छ’ : विप्लव

    बुटवल,चैत्र १७ ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।

    बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए ।

    अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए । ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’

    ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology