Logo बुधवार, श्रावण १३ गते २०८३
images

पत्रकार महासंघको स्थापना दिवस : स्थानीय तह र सञ्चार एक अर्काका सारथी

पत्रकार महासंघको स्थापना दिवस : स्थानीय तह र सञ्चार एक अर्काका सारथी

  • 2.1K
    SHARES

  • पत्रकार महासंघको स्थापना दिवस : स्थानीय तह र सञ्चार एक अर्काका सारथी

    बुटवल,चैत्र १६ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले ६७ औं स्थापना दिवस सैनामैनामा स्थानीय तह र सञ्चार बिषयक अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ । बुधबार सैनामैना नगरपालिकाको सहयोगमा महासंघले शुभकामना आदान प्रदान तथा अन्तरक्रिया गरेर दिवस मनाएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका  नगरप्रमुख चित्रबहादुर कार्कीले संघीयताको पहिलो कार्यकाल अनुुभव र सिकाई कार्यकाल बनेको बताए । उनले शासन प्रणाली नै नयाँ भएको बताउँदै कतिपय साझा अधिकारका सूूचीका कानुुन निर्माण नहुँदा पनि स्थानीय तहले पर्याप्त काम गर्न नपाएको बताए ।

    उनले सैनामैना नगरपालिकाले विकास निर्माणदेखि आम नागरिकको जीवनमा सुधार ल्याउने काम गरेको बताए । उनले सञ्चार र पत्रकारहरुले पनि निर्धक्कका साथमा कोहीबाट प्रभावित नभएर समाचार सम्प्रेषण गर्न नसकेको आफूूले अनूूभूती गरेको बताए ।

    कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सञ्चारमाध्यमले सुशासन कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले स्थानीय तहमा सुुशासनका बिषयमा प्रश्नहरु उठेकाले त्यसलाई सुधार गर्नुपर्ने खाँचो औल्याए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले केहि स्थानीय तहहरुले चुनावलाई लक्षित गरेर प्रोपोगान्डाका समाचारहरु प्रकाशन-प्रशारण गर्न थालेको बताए । उनले स्थानीय तहहरुले ५ बर्षको अवधिमा सञ्चारमाध्यम र पत्रकारहरुको क्षमता विकास तथा सहकार्यमा स्थानीय तह चुकेको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले स्थानीय तहहरुसँग पत्रकारिताले सम्झौताको यात्रा तय गरेको बताए । अर्का पूर्व अध्यक्ष हरि लम्सालले स्थानीय तहले सञ्चारमाध्यम र पत्रकारिताको क्षेत्रमा जति काम गर्नुपर्ने त्यो नभएको भन्दै यस्ता कार्यक्रम शुरुदेखि नै हुुपर्नेमा जोड दिए ।

    कार्यक्रममा महासंघ रुपन्देहीका पूूर्वअध्यक्ष डिआर घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहमा बेथितीहरु देखा परेको बताउँदै यस्ता मुद्धामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताए । कार्यत्रपत्रमाथी टिप्पणी गर्दै बरिष्ठ पत्रकार माधव नेपालले स्थानीय तहका बारेमा समाचार लेख्दा काँग्रेस, एमाले माओवादीको विल्ला भिराउने प्रचलन रहेको बताए । कार्यक्रममा सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    उक्त अवसरमा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, बरिष्ठ पत्रकार दामोदर खनाल, प्रेस सेन्टर नेपाल लुम्बिनीका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस यूूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रगतीशिल पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेल, क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष टेक मास्की राना, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, नेपाली काँग्रेस सैनामैना नगरसभापती रण बहादुर खनाल, नेकपा माओवादी केन्द्र सैनामैना  नगरअध्यक्ष नारायण महतले बोल्दै पत्रकारिताले जनताको सवाललाई उठाउनुुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको धन्यवाद ज्ञापन, अर्का उपाध्यक्ष अमृता अनमोलको स्वागत तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology