Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र : छानविनका लागि मुख्य न्यायाधिवक्ता सुवेदीको संयोजकत्वमा कार्यदल गठन

लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र : छानविनका लागि मुख्य न्यायाधिवक्ता सुवेदीको संयोजकत्वमा कार्यदल गठन

  • 2.6K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र : छानविनका लागि मुख्य न्यायाधिवक्ता सुवेदीको संयोजकत्वमा कार्यदल गठन

    बुटवल, चैत १६ ।

    बुटवल चैत १६ प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानवीन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्री कृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

    आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्य मन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिको बैठकका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्यमा कानून सचिव राजेन्द्र थापा र ग्रामीण शहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य रहनुभएको छ ।

    सो समितिले प्रादेशिक टेण्डर प्रक्रिया बारेमा भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिन भित्र समितिलाई पेश गर्नेछ । सो टेण्डर प्रक्रिया हाल रद्ध समेत गरेको छानवीन समितिका कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले बताउनुभयो ।

    उहाँले भन्नुभयो त्यहाँ के भएको छ, बाहिर उठेका विषयका बारे र कानूनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गर्दछाँै अनि समितिलाई रिपोर्ट बुझाउने छाँै ।” मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बसेको लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजनीनामा पत्र आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता भएको छ ।

    उहाँले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाएपछि कार्यालयले दर्ता गरी प्रक्रियामा अगाडि बढाएको अधिकृत अष्टराज न्यौपानेले बताउनभयो । सो पदमा मन्त्री तथा मन्त्री परिषदको निर्णयबाट २०७८ असोज २० गते नियुक्ति गरेको थियो । उहाँले २०७८ साल चैत्र १४ गते राजीनामा दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology