Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा एमालले माग्यो मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा

लुम्बिनीमा एमालले माग्यो मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा

  • 1.9K
    SHARES

  • लुम्बिनीमा एमालले माग्यो  मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा

    बुटवल,चैत्र १६ । 

    नेकपा एमालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको एमालको भनाइ छ । 

    लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा मुख्यमन्त्री केसी नै सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएको हो ।

    नेकपा एमालले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यसवेलादेखि नै सेटिङ रहेको प्रष्ट नै भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कुल प्रसाद केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गर्दै तत्काल पदबाट राजीनामा दिन आग्रह गरे ।

    सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि बिबादास्पद क्रियाकलापको शृङ्खला शुरु भएको एमालेको आरोप रहेको छ ।

    विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट बन्चित गरिएको र भिन्ली मककडिकेटड फ्लोरिड काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिएको एमालेले जनाएको छ ।

    साथै घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापको बारेमो सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालले जनाएको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology