बुटवल,चैत्र १६ ।
नेपाली कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिले बुटवलमा भित्तेपात्रो बिमोचन तथा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
नयांबर्ष बिस २०७९को क्यालेन्डर सत्यवती गांउपालिकाका प्रमुख पारेश्वर ढकाल लगायतले बिमोचन गरेका हुन् । सो अबसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका ढकालले गुल्मीका सबै तहमा नेपाली कांग्रेसलाइ बिजयी बनाएर चारतारे झण्डा फहराउनुपर्ने बताए ।
उनले गांउपालिकामा जनताको हितमा काम गरेको भन्दै अबको निर्बाचनमा जिल्लाभर बिजयी बनाउन सबै लाग्नुपर्ने धारणा राखे । उनले कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समिति अन्तर्गत रुपन्देहीमा रहेका कांग्रेसका मतदातालाइ थप शशक्त र क्रियाशिल बनाउनुपर्ने बताए ।
कांग्रेस गुल्मी सत्यवती रुपन्देही तराइ सम्पर्क समितिका अध्यक्ष निर्मल प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सदस्य गोपाल पाण्डे,गंगा भण्डारी,महासमिति सदस्य अमृत ज्ञवाली,महाधिवेशन प्रतिनिधि तुलसी पाण्डे,प्रदेशसभा सभापति सन्तोष गौतम,क्षेत्रिय सचिव माधव ढकाल,तिलोत्तमा वडा न ५ सभापति रमेश डुम्रे,कांग्रेस सत्यवती सभापति बिष्णुप्रसाद भण्डारी लगायतले बोल्दै समितिलाइ साझा थलोको रुपमा बिकास गर्नुपर्ने र चुनावमा कांग्रेस जिताउन लाग्नुपर्ने बताएका थिए ।
संस्थाका सचिव अर्जुन ज्ञवालीको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उप सभापति प्रकाश भट्टराइले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)