Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

थप २६ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.7K
    SHARES

  • थप २६ जनामा कोरोना संक्रमण  पुष्टि

    बुटवल,चैत्र १६ ।

    पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षणमा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ७७ जना निको भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् । आज कसैको मृत्‍यु भएको छैन ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology