Logo बिहिवार, आश्विन १ गते २०८३
images

घिमिरेका तीन कृति लोकार्पण

घिमिरेका तीन कृति लोकार्पण

  • 3.1K
    SHARES

  • घिमिरेका  तीन कृति लोकार्पण

    बुटवल,चैत्र १५ ।

    त्रिभुवन विश्वविद्यालय ,पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण कार्यक्रम भएको छ ।

     डा. हेमनाथ घिमिरेका छातीभित्र देश दुख्दा , महिना र ऋतु तथा बादलपानी तीन कृति लोकार्पण गरिएको हो ।विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा ८३ वर्षकी आमा इन्दिरा ज्ञवाली , लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली , डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिरे लगायतलबाट कृति लोकार्पण गरिएको हो ।

    छातीभित्र देश दुख्दा कवितासङ्ग्रहका कवितामा देशप्रेमको भावना भएको कुरा वक्ता रामबाबु सुवेदीले व्यक्त गरे । गायक सुदर्शन राणाले हेमनाथका गीत गाए ।

    लक्ष्मी घिमिरे ,शिवन्या भट्टराई,सात्वना तिमिल्सिनाले कविता वाचन गरे । डा. शेखर कुमार श्रेष्ठ ,प्रकाश लामिछाने, अनुपमा रेग्मी, पूर्व सचिव विजयराज भट्टराई , कवि रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिए ।

    लेखक हेमनाथले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली , प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिँदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाद्वारा गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology