वीरगञ्ज,कार्तिक १-
प्रहरीले वीरगञ्जको रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका -५,मा छापा मारेर २३ किलो बढी सुन बरामद गरेकोको हो ।
प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान ८ केजी ५७६ ग्राम र सानो बिस्कुट १०० ग्रामका १० थान ९एक केजी० बरामद भएको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रहरीले ६८१ ग्राम बराबरको सुनका गरगहना पनि बरामद गरेको छ ।
प्रहरीले २३ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले पुष्टि गरेकी छिन् । प्रहरीका अनुसार अपार्टमेण्टबाट २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ ।
बिशेष सुचनाका आधारमा अपार्टमेण्ट पुगेको प्रहरीले स्थानीय स्थानीय सामाजिक ब्यक्तिहरुको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खानतलासी गरेर सुन र चाँदी बरामद गरेको थियो।
प्रहरीको सुन चाँदीको मालिक पक्राउ गर्ने योजना भने असफल भएको छ । मालिक ढुकेर बसेको प्रहरी मध्य दिउँसो सम्म अपार्टमेण्टमा कोहि नआएपछि स्थानीय ब्यक्तिको रोहबरमा खानतलासी सुरु गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)