बुटवल,चैत्र १५ ।
मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोकेर र शान्ति प्रवद्र्धन गर्न आग्रह गरेको छ ।
युद्धको कुनै पनि संभावनालाई खारेज गर्न र शान्ति प्रवद्र्धन गर्न जोड दिदै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको समाजले रुपन्देहीको चौराहामा आधाघण्टा प्रदर्शन गरेको हो । बिहान ११ बजेदेखि साढे ११ बजेसम्म भएको प्रदर्शनमा बोल्दै समाजका केन्द्रिय सभापति गोबिन्द खनालले रुसले युक्रेन अपराध गरिरहेको बताए ।
उनले बालबालिका र महिलासहित हजारौं निहत्था मानिसको हत्या मानवता बिरुद्धको अपराध चएको बताए । समाजले युद्ध टार्ने कुटनीति र युद्धको कुनै पनि संभावनालाई खारेज गर्नुपर्नेमा जोड दिएरै नेपालमा विशेष अभियान प्रारम्भ गरेको उनले बताए ।
रुस–युक्रेनबिच युद्धको आशंका बढ्दै जँदा संयुक्त राष्ट्रसंघलाई गहन जिम्मेबारी निर्बाह गर्न उनले आगह्र गरे । युद्धमा कुनैपनि पक्षको जित र हार नहुनेभन्दै उनले हरेक समस्यालाइ बार्ता र शान्तिपूर्ण तवरमा समाधान गर्नुपर्ने बताए ।
जिल्ला सभापति डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कपिल ज्ञवाली लगायतले बोल्दै रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न आग्रह गरे ।
प्रदर्शनमा केन्द्रिय सचिव मिना ढकाल,केन्द्रिय सदस्य बिष्णु भुसाल लगायत ३ दर्जनभन्दा बढि अधिकारकर्मीको सहभागिता रहेको थियोे ।


रुस-युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देहीले बुटवलमा बाल्यो मैनबत्ती
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)