Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले अध्यक्ष ओलीले गरे तिलोत्तमा बहुउद्देश्यीय टावरको उद्घाटन (फाेटाेफिचर)

एमाले अध्यक्ष ओलीले गरे तिलोत्तमा बहुउद्देश्यीय टावरको उद्घाटन (फाेटाेफिचर)

  • 2.7K
    SHARES

  • एमाले अध्यक्ष ओलीले गरे  तिलोत्तमा बहुउद्देश्यीय टावरको उद्घाटन (फाेटाेफिचर)

    बुटवल,चैत्र १५ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित बनवाटिकामा बनाइएको बहुउद्देश्यीय टावरको एमाले अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गरेका छन् । साढे ११ करोड खर्चेर १ सय ३४ फिट उचाइको भ्यू टावर बनाइएको हो । टावर १० तले छ ।

     साे अवसरमा बाेल्दै अध्यक्ष ओलीले भने- ‘पर्यटकीय गन्तव्यलाई विशेष योजना बनाउन सकिन्छ, संसारमा केही नभएका देशहरुले कृतिम वस्तु बनाएर पर्यटकीय क्षेत्र बनाएर आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् अब यसमा हामीले ध्यान दिनुप¥यो ।

    उनीहरुसँग बुद्धस्थल छैन, सगरमाथा छैन, हिमाल छैन, तालतलैया छैन, पहाडका श्रृखंला छैनन्, रुख छैनन् तर पर्यटकको ओइरो छ, हामीले अब योजनाबद्ध बनाएर जाऔं ।’tilottama view tower.jpg

    यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइ राख्नुपर्ने उनको भनाइ छ । ‘अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईंहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो । ओलीले भने । 

    टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिन्छ भने दूरवीनको सहायताले भारतको गोरखपुर, नौतनवासम्मका देख्न सकिने दाबी गरिएको छ ।

    तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३-०७४ मा ठेक्का सम्झौता भएको थियो। बन्न बाँकी संरचना अबको २ वर्षमा सम्पन्न हुने नगरपालिकाका मेयर बासुदेव घिमिरेले नागरिक अनलाइनलाई जानकारी दिए ।

    २०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ।

    तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए। 

    भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।tawor.jpg

    लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी बातानुकुलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको उपप्रमुख जागेश्वरी देबी चाैधरीले बताइन् ।

    भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडी म्युजिकल फाउन्डेसन निर्माण भइरहेको नगर प्रबक्ता सुरेन्द्र श्रीले बताए ।

    त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ।गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए।view tawer tilottama.jpg

    विद्युतीय बसको उद्घाटन गरेर सोही बसमा चढेर लुम्बिनी पुगे ओली :

    oli bus.jpg

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बसमा चढेर लुम्बिनी पुगेका छन् । ओलीसहित उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभासदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी लगायतका नेताहरु तिलोत्तमाको मणिग्रामबाट लुम्बिनीको यात्रा गरेका हुन् ।

    सोमबार साझदेखि मँगलबार दिनभर रुपन्देहीमै समय बिताएका ओलीले विहान तिलोत्तमा-२ शंकरनगरको वनवाटिकामा निर्माण गरिएको बहुउद्देश्यीय भ्यू टावरको उद्घाटन गरे भने त्यस लगत्तै मणिग्राममा आयोजित भूपू सैनिकहरुको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए । यसैगरी सुन्दर यातायात प्रालिको विद्युतीय बसको उद्घाटन गर्दै उनी सोही बसमा चढेर लुम्बिनी पुगेका हुन् ।

    ओली विद्युतीय बसमा चढेर झण्डै ५५ किलोमिटरको यात्रा गरेको प्रालिका सञ्चालक डीआर घिमिरेले बताए । बस यात्रापछि उनले विद्युतीय बस चल्ने जस्तै यस क्षेत्रका सडक लोभलाग्दा रहेको बताए । नेपाल अब आधुनिकतातर्फ गइसकेको बताउँदे अध्यक्ष ओलीले अब प्रदूषणरहित बस चलाउनुपर्ने बताए । 

    नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्राइएको प्रालिका सञ्चालक घिमिरेले बताए । तत्कालका लागि दुई वटा बस ल्याइएको बताउँदे उक्त बस बुटवल-भैरहवा, बुटवल-लुम्बिनी, सालझण्डी-कपिलवस्तुको चार नम्बर रुटमा चल्ने गरेको बताए । ५० सिट क्षमताको बस सुविधासम्पन्न भएको प्रालिको दाबी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology