बुटवल,चैत्र १४ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन मात्रै होईन मुलुकका सबै राजनैतिक दलको महागठबन्धन निर्माण गरी निर्वाचन लडे पनि नेकपा एमालेलाई परास्त गर्न नसक्ने दाबि गरे ।
एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने बताए । ओलीले सत्तारुढ दल प्रति इगिंत गर्दै बैसाखी टेकेर एमाले सँग लड्न नसकिने बताउदै बलियो दल भएर पनि बैसाखी टेकेर लड्न खोजेको भन्दै बैसाखी टेकेर होइन सवै मिलेर आए पनि एमालेले जित्ने चुनौती दिए ।
कार्यक्रममा संघीय सांसद वृजेश कुमार गुप्ता स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गरे । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्न आएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तहको निर्वाचन भएको बताए । यस्तै एमाले महासचिव शंकर पोख्रेलले सभाको सम्बोधन गर्दै आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गरे ।विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)