Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लाफा समुहको १४ औं रक्तदान कार्यक्रम, ६३ युनिट रगत संकलन

लाफा समुहको १४ औं रक्तदान कार्यक्रम, ६३ युनिट रगत संकलन

  • 2.3K
    SHARES

  • लाफा समुहको १४ औं रक्तदान कार्यक्रम, ६३ युनिट रगत संकलन

    बुटवल,चैत्र १४ ।

    लाफा समुह बुटवलको आयोजनामा आज १४ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १४ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    समुहले ६-६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको समुहका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ज्ञानु सारुले जानकारी दिए । 

    लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, उपाध्यक्ष बबिन थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव यसपाल चौतारेले गरेका थिए भने कार्यक्रममा समुहका संरक्षक बासुदेब लामिछाने र पूर्व अध्यक्ष केशव रानाको उपस्थिती रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology