Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुस-युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देहीले बुटवलमा बाल्यो मैनबत्ती

रुस-युक्रेन युद्ध रोक्न आग्रह गर्दै शान्ति समाज रुपन्देहीले बुटवलमा बाल्यो मैनबत्ती

  • 3.3K
    SHARES

  • रुस-युक्रेन युद्ध रोक्न आग्रह गर्दै  शान्ति समाज रुपन्देहीले बुटवलमा बाल्यो मैनबत्ती

    बुटवल,चैत्र १४ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन गरेको छ । रुसले युक्रेनमाथि गरेको हमला रोक्न र विश्वमा शान्तिको कामनासहित दीप प्रज्वलन गरिएको शान्ति समाजले जनाएको छ ।

    साे अवसरमा बाेल्दै समाजका रुपन्देही सभापति डिपी खनालले रुसलाइ युद्ध रोक्न आग्रह गरे । उनले युद्धको कुनै भविश्य नभएको बताए।

    समाजका सचिव कपिल ज्ञवालीले रुस-युक्रेन युद्धले विश्वसमुदाय नै प्रभावित र त्रसित बनेको भन्दै शान्ति स्थापनाका लागि  युद्ध बिरामको आग्रह गरे ।

    कार्यक्रममा शान्ति समाज रुपन्देहीका पदाधिकारी,कार्यसमिति सदस्य तथा शुभेच्छुक शान्तप्रेमीहरुको सहभागिता रहेको थियो । समाजले भाेलि चैत्र १५ गते बुटवल चाैराहामा प्ले कार्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

    santi samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology