बुटवल,चैत्र १४ ।
बुटवलमा रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडले ५ कराेड बराबरको आइपिओ जारी गर्ने भएकाे छ ।
व्यवसाय विस्तार एवं बृद्धि गर्नको लागि थप पुंजी आवश्यकता भएकोले पब्लिकसंगबाट रु. ५ कराेड संकलनका लागि ५ लाख कित्ता शेयर (समुहिक लगानी कोष र कर्मचारीहरु सहित) जारी गर्ने सम्झाैता गरेको हाे ।
यसका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबिच साेमबार बुटवलमा आयाेजित एक कार्यक्रममा सम्झाैतापत्रमा हस्ताक्षर समेत भएको छ ।
कार्यक्रममा एन आई सी एसिया क्यापिटल लिका कार्यकारी प्रमुख रमेन्द्र रायमाझी र बुद्धनगर एग्रो फार्म लिका अध्यक्ष कुल बहादुर के सीले दुई पक्षिय सम्झौतामा हस्ताक्षर समेत गरेको बुद्धनगर एग्रो फार्म लिमिटेडले जनाएको छ ।
आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको पहिलो कम्पनी हो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)