Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१६ औ मनमोहन स्मृति फुटबल प्रतियोगिता : बुटवल वडा न ८ विजयी 

१६ औ मनमोहन स्मृति फुटबल प्रतियोगिता : बुटवल वडा न ८ विजयी 

  • 2.9K
    SHARES

  • १६ औ मनमोहन स्मृति फुटबल प्रतियोगिता : बुटवल वडा न ८  विजयी 

    बुटवल,चैत १३ ।

    बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ अन्तरगत आईतबार भएको खेलमा वडा नं. ८ विजयी भएको छ ।

    बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा वडा नं १२ लाई वडा नं. ८ ले १–० गोल अन्तरले पराजित गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वडा नं ८ को जितमा थमन सिह राना नायक रहे । उनले खेलको १३ औ मिनेटमा विजयी गोल गरेका थिए ।

    खेलमा वडा नं. ८ का थमनसिह राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए ।

    यसैगरि विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ । कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिता अन्तरगत सोमबार खेल वडा नं १७ र १० का बिचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology