Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गठबन्धन काँग्रेसको चाहना होइन, बाध्यात्मक अवस्था हाे : प्रकाशमान सिंह

गठबन्धन काँग्रेसको चाहना होइन, बाध्यात्मक अवस्था हाे : प्रकाशमान सिंह

  • 2.6K
    SHARES

  • गठबन्धन काँग्रेसको चाहना होइन, बाध्यात्मक अवस्था हाे : प्रकाशमान सिंह

    काठमाडौं,चैत १३ ।

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताएका छन् । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताए ।

    काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताए ।

    संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताए । स्थानीय निर्वाचनका सम्बन्धमा  काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताए ।​ पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने  उनको भनाइ छ ।

    काँग्रेसका सबै कमिटी हरुले उम्मेदवार सिफारिस गर्दा  विधानको परिधिभित्र रहेर  गर्न समेत सिंहको आग्रह छ । टिकटका लागि सबैले प्रयास गर्न पाउने भन्दै पार्टी खडा गरेको उम्मेदवारलाई एकढिक्का भएर जिताउन लाग्नुपर्ने उनले बताए ।

    यस्तै उनले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएको बताए । सबैलाई मिलाएर काम गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसलाई जिताउन लाग्न आग्रह गरे ।

    सार्वजनिक बहसमा सहभागी भएर काँग्रेसले गरेका कामबारे प्रचारप्रसारमा लाग्न पर्ने उनले कार्यकर्तालाई निर्देशन दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology