Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीरगन्जका नगर प्रमुख सरावगीका पिताको निधन

वीरगन्जका नगर प्रमुख सरावगीका पिताको निधन

  • 5.5K
    SHARES

  • वीरगन्जका नगर प्रमुख  सरावगीका पिताको निधन

    वीरगन्ज, भदौ १५ ।

    वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीका बुबा चिरञ्जीवीलाल सरावगीको निधन भएको छ।  ७८ वर्षीय सरावगीको काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२ः५बजे निधन भएको परिवारका सदस्यले जनाएका छन्। 

    गत साउन १४ गते नगर प्रमुख सरावगीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा पीसीआर परीक्षण गराउँदा साउन २२ गते उनका बुवा चिरञ्जीवीलालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। 

    संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि वीरगन्जबाट काठमाडौं लगिएको थियो।स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाइ साउन २४ गते काठमाडौ स्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा भदौ २ गते गरिएको पीसीआर परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका थिए।

    तर कोरोना मुक्त भएपनि मुटु र मृगौलामा जटिल समस्या भएका कारण उनको ग्राण्डी अस्पतालको अति सघन कक्षमा राखेर उपचार भइरहेको थियो।स्वर्गीय चिरन्जीवीलाल सरावगीको सोमबार दिउँसो काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएका छन्।

     वीरगन्जमा बिसं २००० सालमा जन्मनु भएका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदका केन्द्रीय अध्यक्ष, लायन्स क्लवका गभर्नर रहेका थिए। साथै धेरै सामाजिक संघ संस्थामा आवद्ध थिए । उनका दुई छोरा र एक छोरी छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र १५ २०७७१२:०६:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology