Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसमा वित्तिय साक्षरता

एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसमा वित्तिय साक्षरता

  • 3.6K
    SHARES

  • एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसमा वित्तिय साक्षरता

    बुटवल,चैत १२। 

    बुटवल स्थित कालिका क्याम्पसमा एनएमबि बैंकको चारनम्बर शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

    अन्तराष्ट्रिय रुपमा मनाउदै आइरहेको ग्लोबल मनि सप्ताह २०२२ को अवसरमा सो कार्यक्रम गरेको हो । एनएमबि बैंक लिमिटेड चारनम्बर शाखाका शाखा प्रबन्धक भुवन पाण्डे तथा कर्जा प्रबन्धक मधु आचार्यले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए ।

    बैंक तथा बचतको महत्व, डिजिटल बैंकिङ्ग, शेयरकारोबार साथमा बैंकिङ्ग तथा वित्तिय सेवाको बारेमा अभिमुखिकरण गरेका थिए ।कार्यक्रममा बुटवल कालिका क्याम्पसका प्राचार्य घनश्याम पाठकले विद्यार्थी भाईबैनाहरुले सहि समयमा बैंक तथा वित्तिय क्षेत्रको बारेका जानकारी लिनुका साथै बचत गर्ने बानी गरेका भविष्य सुनिश्चित हुने बताए । उनले अहिलेको समयमा वित्तिय बजारको बारेमा जानकार गराउन एनएमबि बैंकजस्ता वित्तिय संस्थाहरुले सकरात्मक भुमिका निर्वाह गरेकोमा धन्यवाद दिए  ।

    त्यसै गरि क्याम्पस व्यवस्थापन संकाय संयोजक बुद्धिराम चौधरीले विद्यार्थीहरुमा किताबी ज्ञानसँगै यस्ता कार्यक्रमले व्यवहारीक ज्ञान समेत प्राप्त गर्ने भएकोले यस्ता कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    एनएमबि बैंक लिमिटेडले सन् २०१७, २०१८, २०१९ २०२१ मा बैंक अफ दि इयर नेपाल तथा २०२१ मा बैंक अफ दि इयर एसियाबाट सम्मानित भएको थियो । यो अभियान यस क्षेत्रका विभिन्न संस्थाहरुमा निरन्तर सञ्चालन गर्ने बैंकले जनाएको छ । 

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology