परासी,चैत्र ११ ।
एनएमबि बैंक लिमिटेड रामग्राम परासीले बित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउदै आइरहेको ग्लोबल मनि विइ्क २०२२ को अवसरमा एनएमएमबि बैंक रामग्राम परासीले रामग्राम स्थित परासी क्याम्पसमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नु भएकोथियो । उहाले बैंकको महत्त्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त सन्सारभरभाट खाता खोलिने सुबिधा, शेयर कारोबार, बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रम परासी क्याम्पसका सप्राचार्य गोविन्द न्यौपानेले क्याम्पसका युवा विद्यार्थी एवं शिक्षकर प्राध्यापकहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा हार्दिक कृतज्ञ हुदै कार्यक्रमले बित्त सम्बन्धि कुरा आफुहरुलाइ सिकाएकोमा एनएमबि बैंकको सराहना गर्न भएको थियो ।
एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।
कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारीको उपस्तिथि रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)