बुटवल,चैत्र ११ ।
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन,कोरोनाबाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार ३९८ जना संक्रमणमुक्त भए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)