Logo बिहिवार, आश्विन १ गते २०८३
images

ईन्द्रेणीद्वारा दृष्टिविहीन र बटुक विद्यार्थीलाई आर्थिक सहयोग

ईन्द्रेणीद्वारा दृष्टिविहीन र बटुक विद्यार्थीलाई आर्थिक सहयोग

  • 1.6K
    SHARES

  • ईन्द्रेणीद्वारा दृष्टिविहीन र बटुक विद्यार्थीलाई आर्थिक सहयोग

    बुटवल, चैत १०।

    ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था बुटवलले दृष्टिविहीन विद्यार्थी तथा विद्या आश्रमका बटुक विद्यार्थीलाई सहयोग स्वरुप आर्थिक सहयोग गरेको छ ।

    ईन्द्रेणीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा बिहीबार मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिबिहीन विद्यार्थी र बुटवल दिपनगरमा रहेको सन्तोषिमाता गुरुकुल विद्या आश्रमका बटुक विद्यार्थीलाई बिहीबार दुबै स्थानमा कार्यक्रम गरि आर्थिक सहयोग प्रदान गरेको हो ।

    ईन्द्रेणीले दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सघाउ पुर्याउन शान्ति नमुना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई १५ हजार रुपैयाको चेक र बटुक विद्यार्थीको अध्ययनमा सहयोगका लागि सन्तोषिमाता गुरुकुल विद्या आश्रम नलिकण्ठ बाबाधामका उपाध्यक्ष चुरामणी पौडेललाई १० हजार रुपैयाको चेक प्रदान गरेको हो ।

    सहकारीका अध्यक्ष धुर्वकुमार धितालले उक्त चेक शान्ति नमुनाका प्रअ लामिछाने र विद्या आश्रमका उपाध्यक्ष पौडेललाई प्रदान गर्नु भएको हो ।

    ईन्द्रेणीका उपाध्यक्ष कृष्णप्रसाद अर्यालको स्वागतमा भएको कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष मित्रबहादुर शाक्य, सदस्य प्रकाश मुडभरी, सिता कार्की, शान्तिलाल बज्राचार्य, ब्यवस्थापक बाबुराम अर्याललगायतले सहकारीले स्थापना दिवसमा सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो ।

    स्थापना दिवसकै अवसरमा सहकारी प्रशिक्षण कार्यक्रम शुक्रबार हुने र शनिबार विहान ८ बजेदेखि खुल्ला वृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको सचिव माया गौतमले जानकारी दिनुभयो ।

    संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम गर्दै आएको गौतमले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology