बुटवल,चैत्र १० ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले चैत १६ गते स्थापना दिवस मनाउने भएको छ । यो पटक रुपन्देही शाखाले सैनामैनामा ६७ औं स्थापना दिवस मनाउने भएको हो ।
महासंघ रुपन्देहीको विहिबार बसेको सचिवालय बैठकले स्थापना दिवसमा शुभकामना आदानप्रदानसँगै ‘स्थानीय तह र सञ्चार बिषयक’ अन्तरक्रिया समेत गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघले विकेन्द्रीकरण मान्यतालाई आत्मसाथ गर्दै सैनामैनामा स्थापना दिवस मनाउन लागेको अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए । उनले बुटवल र भैरहवासँगै शहरउन्मूख नगरहरुमा समेत महासंघले कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।
सचिवालयले स्थापना दिवस सम्पन्न गर्नका लागि स्थानीय रुपमा कार्यक्रम संयोजनका लागि कार्यसमिति सदस्य नविन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
सैनामैना नगरपालिकासँग सहकार्य गरेर स्थापना दिवसमा स्थानीय तह र सञ्चारका बिषयमा अन्तरक्रिया गर्न लागिएको सचिव विनोद परियारले नागरिक अनलाइनलाइ बताए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, सैनामैनाका नगरप्रमुख सहितका जनप्रतिनिधि, पत्रकार सम्बद्ध संगठनका नेता र पत्रकार र विभिन्न संघसंस्थाहरुको सहभागिता रहनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)