बुटवल,चैत्र १० ।
फर्साटिकर कपको नवाैँ संस्करण शनिबार देखि हुने भएको छ। विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताए।
टाईगर्स बु्अरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग मिलेको उनले बताए। यसैगरि संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम निर्माणको तयारी गरि ब्यवस्थित गर्न लागेको बताए।
चैत १२ देखि २६ गतेसम्म फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि उपविजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैया नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष केसीले बताए। भैरव एफसी, झरना स्पोर्ट्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, फुलबारी गाईज, कालिका स्पोर्ट्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टिमले प्रचारप्रसार संयोजक टेकु भण्डारीले बताए।
पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ। प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान रहेको छ। आठौ संस्करणको विजेता फुलबारी गाईज रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)