Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लागुऔषधसहित बुटवलबाट २ जना पक्राउ

लागुऔषधसहित बुटवलबाट २ जना पक्राउ

  • 2.4K
    SHARES

  • लागुऔषधसहित बुटवलबाट २ जना पक्राउ

    बुटवल,चैत्र १० । 

    लागुऔषधसहित २ जना युवा बुटवलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ मुस्कान पथका २४ वर्षीय युद्धजित सुनारी र बुटवल–१३ बेलबासका २७ वर्षीय सुनिल श्रेष्ठ छन् ।

    प्रहरीले उनीहरुकोे साथबाट ५ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर, ६ थान मोबाइल र १ थान तौल गर्ने मेसिन सहित बुधबार साँझ गरेको हो ।

    सुनारीको घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology