बुटवल,चैत्र १० ।
बुटवल-१३ को जितगढीमा स्कुटर र मोटरसाइकल जुध्दा एक युवाले ज्यान गएको छ ।
बुटवलबाट पश्चिम जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएपछि स्कुटर चालकको सडकमै बसले किचेर ज्यान गएको हाे ।
तिलोत्तमा कलेजको ना १ क ४१४६ नम्बरको बसले किच्दा गुल्मीको धुर्कोट घर भई हाल बुटवल १३ बेलबास बस्ने २३ बर्षिय मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइ सकिएको उनले बताए । अहिले साे कलेजको बस, चालक र मोटरसाइकलसहित चालक प्रहरी नियन्त्रणमा छन् ।
थापाको शव पाेष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)