Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पल प्रकरण : पीडित किशोरीको बयान-‘राति १२ बजे कोठामा आएर बलात्कार गरे’

पल प्रकरण : पीडित किशोरीको बयान-‘राति १२ बजे कोठामा आएर बलात्कार गरे’

  • 2.4K
    SHARES

  • पल प्रकरण : पीडित किशोरीको बयान-‘राति १२ बजे कोठामा आएर बलात्कार गरे’

    बुटवल,चैत्र १० ।

    अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बयान दिएकी छन् ।

    जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी छन् । 

    संरक्षकको रोहवरमा उनले दिएको बयानमा तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा उनले ‘म तिम्रो कोठामा आउँछु’ भनि मेसेज गरेको र  मेरो कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरेको बताएकी छन् । 

    उनले आफूले नमान्दा नमान्दै अभियुक्तले तलको कपडा खोलेर जबरजस्ती करणी गरेको बयानमा बताएकी छन् ।

    सोही क्रममा २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उल्लेख गरेकी छिन् । पछिल्लो पटक २०७८ वैशाख १४  गते दुलेगौडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा राति आफूमाथि उक्त घटना भएको पीडितको भनाइ छ । 

    पीडितले प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले समेत आफूलाई शाहसँग एउटै कोठामा बस्न बाध्य पारी जबर्जस्ती करणी गर्ने कार्यमा सहयोग पुयाई मतियारको काम गरेको बयान दिएकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology