Logo बिहिवार, आश्विन १ गते २०८३
images

बिश्व हिन्दु महासंघले बुटवलमा बृहत धर्मसभा गर्दै,सम्बाेधन गर्न जगतगुरु शंकराचार्य आउने

बिश्व हिन्दु महासंघले बुटवलमा बृहत धर्मसभा गर्दै,सम्बाेधन गर्न जगतगुरु शंकराचार्य आउने

  • 2.9K
    SHARES

  • बिश्व हिन्दु महासंघले बुटवलमा बृहत धर्मसभा गर्दै,सम्बाेधन गर्न जगतगुरु शंकराचार्य आउने

    बुटवल,चैत्र ९ ।

    बुटवलमा दुई दिवसय बृहत धर्मसभा हुने भएको छ ।

    बिश्वहिन्दु महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला शाखाको संयुक्त आयोजनामा सम्पन्न हुने सो बृहत धर्मसभालाई संबोधन गर्न बनारसका पिठाधिस अनन्तश्री बिभुषित जगतगुरु शंकराचार्य स्वामी महाराज आउने कार्यक्रम रहेको छ ।

    लुम्बिनी प्रदेश स्तरिय मठ, मन्दिर, बिहार, चैत्य, गुरुद्वारा, धुनी, गुठीसहितका धार्मिक संघसंस्थाहरुले धर्मसभा गर्दैछन् ।

    आज बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि सनातन हिन्दु धर्म, पुर्विय संस्कार र संस्कृतीको रक्षाका लागि शान्तिपुर्ण रुपले आवाज बुलन्द गर्ने र नेपालमा हिन्दु राज्य कायम गर्नका लागि सन्देश प्रवाह गर्नका लागि धर्मसभाको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

    नेपालमा कुल जनसंख्याको दुई तिहाई भन्दा बढि सनातन हिन्दु धर्मावलम्बीहरुको संख्या रहेकोले स्वतः हिन्दु राष्ट्र कायम हुनुपर्ने माग बिश्वहिन्दु महासंघले राख्दै आएको छ ।

    आगामी चैत्र ११ र १२ गते दुईदिनसम्म संचालन हुने सो धर्म सभामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार भन्दा बढी प्रतिनिधीहरुको सहभागिता रहने कार्यक्रम संयोजक तथा बिश्वहिन्दु महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले बताउनु भएको छ । केही राजनैतिक ब्यक्ति र दलहरुको लहडका भरमा मुलुकमा बिस्थापित गरिएको हिन्दु राज्य पुनःस्थापनाका लागि आवाज उठाउने र हिन्दु धर्म संस्कृती र नैतिक शिक्षाको संरक्षण तथा पुनर्जागरणका लागि धर्मसभाको आयोजना गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

    बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले आगामी निर्वाचनमा सनातन हिन्दु राष्ट्रको नारा अघि सार्ने राजनैतिक दललाई आफ्नो समर्थन रहने उल्लेख गर्दै हिन्दु धर्म संस्कृती संस्कार रक्षाका लागि एकताबद्ध भै अघि बढ्ने अठोट ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा नेपाली काँगे्रसका नेताहरु दिपकुमार उपाध्याय, देवेन्द्रराज कण्डेल, शंकर भण्डारी, राप्रपाका नेता शंकर खरेल लगाएत धार्मिक राजनैतिक नेताहरुको सहभागिता रहने आयोजक समितिका संयोजक बेनबहादुर पौडेलले जानकारी गराउनु भयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology