Logo बिहिवार, आश्विन १ गते २०८३
images

कञ्चन गांउपालिकाको रामनगरडांडामा दुर्गामाताको मूर्ति स्थापना (फाेटाेफिचर)

कञ्चन गांउपालिकाको रामनगरडांडामा दुर्गामाताको मूर्ति स्थापना (फाेटाेफिचर)

  • 4.5K
    SHARES

  • कञ्चन गांउपालिकाको रामनगरडांडामा दुर्गामाताको मूर्ति स्थापना (फाेटाेफिचर)

    बुटवल,कार्तिक १-

    रुपन्देहीको कञ्चन गांउपालिका १ रामनगरडांडामा रहेको मनकामना दुर्गा मन्दिरमा दुर्गाभगवतीको मूर्ति स्थापना गरिएको छ ।

    बुटवलका ब्यबसायी रामकुमार रणपालको पहलमा केहिबर्ष अघि निर्माण गरिएको मन्दिरमा बडा दशैंको घटस्थापनाको अवसरमा दुर्गा भगवती माताको स्थायी मूर्ति स्थापना गरिएको छ । सो मूर्ति धर्तीमाता (बिष्णु कुवर)ले आफ्नै लगानीमा स्थापना गर्नुभएको हो ।

    सो अबसरमा बोल्दै धर्तीमाताले संसारमा धर्मको रक्षा र शान्ति स्थापनाका लागि सबैले सत्कर्म गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्दिर स्थापना गर्ने बुटवलका ब्यबसायी रामकुमार रणपालले धर्मसंस्कृतिको रक्षा गरे मात्र मानव जीवनको रक्षा हुने बताउनुभयो ।durga mandir kanchan (1).jpg

    उहाले आफ्नो पहलमा शुरु भएको मन्दिरमा अहिले देश बिदेशबाट समेत दर्शनार्थीहरु आउन थालेको बताउनुभयो ।
    लुम्बिनीमा आउने धार्मिक पर्यटकलाइ कंचनको रामनगर , बेलभरियामा ल्याउन सक्ने हो धार्मिक पर्यटनको रुपमा बिकास गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा कंचन वडा न १ का सदस्य खगेश्वर भुसालले सो क्षेत्रको बिकासका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो । कार्यक्रमअघि कंचनको बेलभरिया चोकबाट बाजागाजा ,भजनकृतन र नाचगानसहित शोभा कलस यात्रा समेत गरिएको थियो । कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो । dashain 2077.jpgdurga mandir kanchan (2).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology