बुटवल,चैत ८ ।
नेपाली कांग्रेस तिनाउ गांउपालिका पाल्पाले अन्तरिक्रया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत तिनाउ ३ अर्घाछाप पालपामा आयोजित कार्यक्रममा करिब २०० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
कांग्रेस तिनाउ सभापति प्रेम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले देशभर कांग्रेसको लहर आएको भन्दै अब कांग्रेसको बिजयी यात्रा शुरु भएको बताइन् ।
सो अबसरमा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ,पूर्व केन्द्रिय सदस्य हरि नेपाल,राजन पन्त, लुम्बिनी प्रदेश सदस्य महेन्द्रप्रसाद पाण्डे,कृष्ण अधिकारी,जिल्ला सदस्य बिष्णु पाण्डे,गांउसचिब बिनोद खत्री लगायतले बोलेका थिए । सो कार्यक्रममा चर्चित गायक पशुपति शर्माले दिनभर नाचगांन गराएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)