Logo बिहिवार, आश्विन १ गते २०८३
images

जुवाखालमा जमिरहेका १२ जना जुवाडे बुटवलबाट पक्राउ,जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी

जुवाखालमा जमिरहेका १२ जना जुवाडे बुटवलबाट पक्राउ,जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी

  • 7.7K
    SHARES

  • जुवाखालमा जमिरहेका १२ जना जुवाडे बुटवलबाट पक्राउ,जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी

    बुटवल,कार्तिक १-

    बुटवलमा १२ जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले एकैदिन दुई ठाउँमा छापामारी उनीहरुलाइ पक्राउ गरेको हाे । प्रहरीले उनीहरूको साथबाट नगद करीब १ लाख बढी नगद केही बुक तास समेत फेला पारेको छ ।

    बुटवल उपमहानगरपालिका ७ सुख्खानगरमा तास खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो घरमा तास खेलिरहेको अवस्थामा उनीहरू रंगे हात पक्राउ परेका हुन् ।

    करिब ६५ हजार नगद र तास सहित ५ जनालाई प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

    त्यसैगरी प्रहरीले बुटवलको मैनाबगरमा रहेको लुम्बिनी स्टाफ होटलबाट तास खेलिरहेका ७ जना जुवाडेलाई नगद ४५ हजार सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

    पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology