Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस बुटवलन ६ मा क्रियाशिल भेला तथा  निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन

कांग्रेस बुटवलन ६ मा क्रियाशिल भेला तथा  निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन

  • 2.5K
    SHARES

  • कांग्रेस बुटवलन ६ मा क्रियाशिल भेला तथा  निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन

    बुटवल,चैत ८। 

    नेपाली कांग्रेस बुटवल वडा न ६ मा कृयाशिल भेला तथा  निर्वाचन प्रचारप्रसार कार्यालय उदघाटन गरिएको छ ।कार्यालयको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले उद्घाटन गर्नुभयो ।

    सोअबसरमा बोल्दै खाणले स्थानीय तहको निर्वाचनले कांग्रेस बलियो बनाउने पहिलो चरण भएको बताउनुभयो ।कांग्रेसले गरेका काम तथा विकास निर्माणको बारेमा जनतालाई बुझाउन आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    वडा सभापति ताराप्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सभापति  हरि लम्साल ,नेता युबराज गिरि,नगर सभापति खेलराज पाण्डे,बालकुमारी भण्डारी ,जमुना ढकाल ,महत्व कक्षपति,योगमाया भट्टराई लगायतले बोल्दै कांग्रेस जनताको सुख दुखको साथी बन्नुपर्ने बताए ।

    कार्यक्रमका सभापती ज्ञवालीले नेपाली कांग्रेसलाई स्थानीय,संघिय निर्वाचनमा बिजय गराउनका लागि वडामा टोल कमिटी गठन गर्नुका साथै सम्पूर्ण कृयाशिल सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology