Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण

रूपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण

  • 3.6K
    SHARES

  • रूपन्देहीको तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण

    बुटवल,चैत ८ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ ।  कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।

    मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

    तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताउनुभयो । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले देशभरमा अन्य पालिकाहरुले समेत अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिनुभयो ।  

    कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहकार्यले नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको बताउँदै सबैप्रति आधार व्यक्त गर्नुभयो ।  उहाँले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी, जनप्रतिनिधि नगरबासीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    सो अवसरमा नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा , उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताउनुभयो । iso.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology