बुटवल,चैत्र ८ ।
बुटवलमा विशिष्टिकृत‘कृषि मेला-२०७८’ को तयारी पूरा भएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपाल उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिरमा मेला हुनेछ ।
मेलाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम छ ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनुभयो ।‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।
यस मेलामा जम्मा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु सहभागि हुने छन् । मेलालाई करिब २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान छ ।
कृषक समूह, सहकारी एवं कृषिसंग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पुर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मेला स्थलमा अन्य आकर्षणहरुमा दुग्धपान प्रतियोगिता,कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श ,लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी,कृषिमा आधारित सांस्कृतिक कार्यक्रम रहने छ ।मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन , कृषि परिकार , कृषिका अत्याधुनिक प्रबिधिको प्रर्दशन,उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल हुने प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले नागरिक अनलाइनलाइ बताइन् ।
यी पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)