Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ५ मा नेपाली कांग्रेसद्वारा प्रचार-प्रसार कार्यालयको उद्घाटन

बुटवल ५ मा नेपाली कांग्रेसद्वारा प्रचार-प्रसार कार्यालयको उद्घाटन

  • 3.0K
    SHARES

  • बुटवल ५ मा नेपाली कांग्रेसद्वारा प्रचार-प्रसार कार्यालयको उद्घाटन

    बुटवल,चैत ८ ।

    नेपाली कांग्रेस बुटवलले स्थानीय तहका लागि चुनावी प्रचारप्रसार अभियानलाई निरन्तरता दिएको छ ।  बैशाख ३० गतेका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस बुटवलले प्रचार प्रसारको लागि वडा-वडामा निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना गरिरहेको हाे ।

    बुटवल वडा न ५ विकासपथमा स्थानीय निर्वाचन प्रचार प्रसार कार्यालयको आज उद्घाटन गरिएको हाे ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का सभापति हरि लम्सालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उँहाले स्थानीय तहको निर्वाचनले कांग्रेस बलियो बनाउने पहिलो चरण भएको बताउनुभयो ।

    कांग्रेसले गरेका काम तथा विकास निर्माणको बारेमा जनतालाई बुझाउन आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेयले कांग्रेसका कार्यकर्ता सधैं जनताको सुख दुखको साथी बन्नु पर्ने बताउनुभयो ।

    महामानव वीपी कोईरालाले प्रतिपादन गरेको समाजबादको सिद्धान्त अनुसार साधारण जीवनमा रहेर जनताको घर घरमा पुगेर सुख दुःखमा साथ दिनको लागि उँहाले आग्रह गर्नुभयो ।

    पाण्डेयले जनताको नजिकको सरकार स्थानीय तह भएकाले वडा-वडामा नेपाली कांग्रेसको जित भएमा जनताले सजिलो गरी सेवा पाउने दाबी गर्नुभयो ।

    साे अवसरमा जिल्ला सदस्य हरि अर्याल,नेता युवराज गिरी,करूण खनाल लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology