Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोरङको लेटाङ घटना : अनुसन्धानका लागि १२ जना पक्राउ

मोरङको लेटाङ घटना : अनुसन्धानका लागि १२ जना पक्राउ

  • 3.5K
    SHARES

  • मोरङको लेटाङ घटना : अनुसन्धानका लागि १२ जना पक्राउ

    विराटनगर,चैत ८ ।

    मोरङको लेटाङ नगरपालिका-५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

    घरेलु हतियारसहित आएको समूहको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । २९ प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए ।

    सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार पक्राउ पर्नेको संख्या बढ्नेछ । घटनामा संलग्नहरुको खोजीकार्य जारी रहेको उनले बताए ।

    उनका अनुसार सोमबार लेटाङमा कर्फ्यू आदेशको उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएका १२ जना साँझ रिहा भएका छन् ।

    कक्षा ७ मा पढ्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आइतबार साँझ आक्रमण गरेको थियो ।

    आइतबारको घटनापछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको थियो । सोमबार प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहितको टोलीले घटनाको स्थलगत अनुगमन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology