Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा सवारी लाइसेन्सको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी लाइसेन्सको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

  • 3.0K
    SHARES

  • बुटवलमा सवारी लाइसेन्सको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

    बुटवल, चैत ७ ।

    बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने दुई जना भारतीय नागरिकसहित चारजना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा रहेका छन् ।

    पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु भएको केसीले नागरिक अनलाइलाई बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology