Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बि.स.२०७९ मा बैंकका कर्मचारीलाई ४४ दिन सार्वजनिक बिदा,दसैँमा ७ छुट्टी !

बि.स.२०७९ मा बैंकका कर्मचारीलाई ४४ दिन सार्वजनिक बिदा,दसैँमा ७ छुट्टी !

  • 2.1K
    SHARES

  • बि.स.२०७९ मा बैंकका कर्मचारीलाई ४४ दिन सार्वजनिक बिदा,दसैँमा ७ छुट्टी !

    बुटवल,चैत्र ७ ।

    वि.सं.२०७९ सालका लागि नेपाल राष्ट्र बैंकले बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ ।  विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई बिदा हुने भएको छ ।  यस पटक दसैँको बिदा ७ दिन परेको छ । तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै बिदा हुनेछ । 

    असोज १० गते घटस्थापनाका दिन बिदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई बिदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन बिदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार बिदा छ । ५ वटा बिदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।

    यीबाहेक प्रत्येक शनिबार बिदा हुनेछ । वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बै‌ंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । शुक्रबार साढे १२ बजेसम्म बैंकिङ कारोबार हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology