Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग ब्यापार संघ बुटवलले भन्यो : मनोमानी ढंगले बढाएको ब्याजदर र मुल्यबृद्धि घटाउ

उद्योग ब्यापार संघ बुटवलले भन्यो : मनोमानी ढंगले बढाएको ब्याजदर र मुल्यबृद्धि घटाउ

  • 2.9K
    SHARES

  • उद्योग ब्यापार संघ  बुटवलले भन्यो : मनोमानी ढंगले बढाएको ब्याजदर र मुल्यबृद्धि घटाउ

    बुटवल,चैत ६ ।

    बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्याधीक बृद्धि गरेको भन्दै उद्योग ब्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    ब्याजदर बृद्धिले उद्योग– व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएर तथा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर बृद्धि गर्दा आर्थिक भारत थेग्न नसकी उद्योगी व्यवसायीहरुले  आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ । 

    संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।

    मनोमानीरुपले ब्याज दर बृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याज दर बृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यबृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको महासचिव पदम जिसीले नागरिक अनलाइनलाई बताए ।275925367_344047654310039_6284641814852534124_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology