पाल्पा,चैत ६।
साना दलको अस्तित्व जोगाउन सरकारले अध्यादेश ल्याउन सक्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । पाल्पा रामपुर नगरपालिकाले निर्माण गरेको प्रशासनिक भवनको उद्घाटनका लागि शनिबार गृहमन्त्री बालकृष्ण खाणले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री खाँणले रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले स्थानीय निर्वाचन बिकास निर्माणको महत्त्वपूर्ण पुर्ण माध्यम बनोस भन्दै स्थानीय निर्वाचनमा भाग नलियका दललाइ भाग लिन आवाहन गर्दै सानोदलको अस्तित्व जोगाउन सरकारले आबश्यक परेको अबस्थामा अध्यादेश ल्याउने बताए ।
उनले एक फरक प्रसंगमा यहाँबाट फर्कीसकेपछी पहिलो काम रामपुर प्रहरी कार्यालयलाइ स्तर उन्नति गर्ने बताएका छन् । मन्त्री खाँणले बोल्दै बिभिन्न भेष भुषा ,कला सस्कृतीको बाहुल्यता भएको हाम्रो देश मिलेर बसेको छ र सबैले देशको रक्षा गरेका छन भन्दै सबैको सम्मान गर्नपर्ने बताएका छन् ।
उद्घाटन समारोहमा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले यस क्षेत्रको लागि आबश्यक बिकासको गृहमन्त्री खाण समक्ष बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाए ।
नवनिर्मित भवन ५ करोड ८७ लाख ३७ हजार, ४ सय ९५ रुपयाँको लागत अनुमानमा निर्माण गरिएको हो । ४ तले भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका छुट्टाछट्टै कक्ष छन् । आयुर्वेद शाखा र पशु विकास सेवाको छुट्टै आफ्नै भवन छ । १९३० बर्ग मिटरमा फैलिएको भवनमा ३५ कोठा छन् । सहज सेवाका लागि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतको रकम बिनियोजन गरि भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताएका छन् ।
२०७४ असार ३० गते शिवको कन्ट्रक्सन प्रालि बबरमहल काठमाडौंसँग तत्कालीन कार्यकारी अधिकृत सुरद पोखरेल नेतृत्वले सम्झौता गरेको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ साल श्रावण ३१ को निर्णयबाट ३० बर्षका लागि यो जग्गा लिजमा लिएको हो । रामपुर नगरपालिका नेपाल सरकारले २०७१ साल बैशाख २५ गते ७२ नगरपालिका घोषित गर्दा स्थापना भएको नगरपालिका हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)