बुटवल,चैत ५ ।
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले १४ औं महाधिबेशनपछि कांग्रेस एकढिक्का र बलियो भएर अघि बढेको बताएका छन् ।उनले स्थानीय तहको निर्वाचनको तयारीमा पार्टी लागिसकेको भन्दै सबैतहमा कांग्रेसको जित जरुरी रहेको बताए ।
भण्डारीले महाधिवेशनले पुराना पुस्ता र युवा पुस्ताको फ्युजन बनेको छ यसले पार्टीलाई फाईदा पुर्याएको बताए । कांग्रेस अर्जुनदृष्टिका साथमा अघि बढ्ने भन्दै उनले अब गुट उपगुट होइन योग्यता र क्षमताका आधारमा सबैलाइ समेटेर अघि बढ्नुपर्ने बताए ।
बुटवल वडा न ९ को कांग्रेस क्रियाशील भेलालाइ सम्बोधन गर्दै कांग्रेस नेता भण्डारीले नेताहरु देशमुखी भन्दा पनि आफुमुखी हुंदा देशले बिकासमा फड्को मार्न नसकेको उल्लेख गरे ।
देशमा कर्मबादीहरुको पहिचान हुन अझै पनि नसकेको भन्दै नेपालमा ठूला ठूला घरहरु बनेको भएपनि सहि ढंगले बिकास हुन नसकेको बताए ।
एमसीसीले देश थप समृद्ध बन्ने भन्दै उनले बकम्फुसे कुरामा अड्किन नहुने बताए । तत्कलीन मन्त्री ज्ञानेन्द्र कार्कीका पालासम्म एसमीसी संसदमा पास गर्न नपर्ने थियो तर पछि एमालेका अर्थमन्त्री युवराज खतिवडा बढी जान्नी हुंदा संसदले पास गर्नुपर्ने प्रकृयामा लगेको उनले बताए ।
एससीसीलाइ संसदमा लैजानुपर्ने नै थिएन,बेकारको हल्ला फैलाएर कम्युनिष्टले एससीसीबारे भ्रम फैलाएको आरोप लगाए ।
विश्व एउटा सानो गांउ बनेको भन्दै उनले नेपाल निरोगी नभइकिन छिमेकी देशहरु पनि निरोगी हुन नसक्ने बताए । कुनै एउटा देश धनी र सम्पन्न हुदैमा सुरक्षित नहुने भन्दै उनले नेपाल सुरक्षित नभए भारत,चीन,अमेरिका पनि सुरक्षित हुन नसक्ने धारणा राखे ।
उनले नेपालमा कम्युनिष्टले जनतालाइ बेकुप बनाइरहेको आरोप लगाए । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले अबको निर्बाचनमा कांग्रेसलाइ हार्ने छुट नभएको बताए ।
कांग्रेसलाइ अनुशासित पार्टी बनाउने र बिधि र प्रकृयालाइ डोहोर्याउने काम गर्नुपर्ने भन्दै उनले भने —‘एकपटक सत्तामा पुग्नेहरु कसरी अर्वपछि बनेका छन्,उनीहरुलाइ छानबिन गर्नुपर्छ कारबाही गर्नुपर्छ ।’
उनले भने —‘शहरमा बनेका ठूला ठूला घरभित्र मान्छेहरु कति छन् ? युवाहरु बिदेश पलायन भैरहेका छन्,भोली सबै घरहरु खण्डहरु बन्नेदिन आउंन सक्छ,त्यसैले समयमै नेपालमै रोजगारी निर्माण,निशुल्क स्वास्थ्य,शिक्षा दिनुपर्छ ।’
कम्युनिष्टका कारण नेपालमा बिकासको गति अघि बढ्न नसकेको भन्दै उनले स्याङ्जाको कालिगण्डकी बिद्युत आयोजना निर्माणका बेला कम्युनिष्टहरुले भ्यागुता मर्छन् बनाउनुहुन्न भनेर रोकेको स्मरण गरे । उनले अरुण तेस्रो बनाउन एमालेले नदिंदा देश २ दशक अन्धकारमा पुगेको बताए ।


नेता भण्डारीले गुल्मेली जनताले कांग्रेसले ल्याएको पानी पिएर पनि कांग्रेसलाई भोट नदिएको गुनासो गरेका छन् । भण्डारीले कांग्रेसले सबै भन्दा बढी लिफ्टिङ प्रविधिबाट गुल्मीमा खानेपानीको ल्याएको दाबी गरे ।
उनले गुल्मीमा कांग्रेसले नै दक्षिण एसियामा नै सबै भन्दा बढी पुल निर्माण गरेको पनि दाबी गरे । तीनवटा जिल्ला जोड्ने रिडीको पुल पनि कांग्रेसले नै ल्याएको भण्डारीले बताए । ‘हामीले बनाएको पुलमा टिकटक बनाउँछन्, तर हाम्लाई भोट दिन्नन् ।’ भण्डारीको गुनासो थियो ।
उनले कम्युनिष्टहरुले केवल गफ मात्र दिने गरेको आरोप लगाउँदै सिद्धबाबा मार्गको सडक र सुरुङपनि कम्युनिष्टहरुको गफ मात्र भएको आरोप लगाए । उनले आफुले सालझण्डी हुँदै गुल्मी निस्केने बैकल्पिक बाटो बनाएको दाबी गर्दै सो बाटो पिच भएपछि गुल्मी सहित स्याङ्जा, पाल्पा सम्मका जनताले सुविधा पाउने बताए ।
एक्काइसौ सताब्दीमा जनतालाई हतियार बोकाउन सक्ने माओवादीहरु एउटा गीतले सिर निहुराएर बस्नु परेको टिप्पणी गर्दै भण्डारीले कम्युनिष्टहरुले संविधान ल्याउन नसकेपछि कांग्रेसले संविधान ल्याएको दाबी गरे ।
सो अबसरमा कांग्रेस क्षेत्रिय सभापति हरि लम्साल,सचिब प्रजापाल गिरि,रिता सेन,वडासभापति प्रदीप श्रेष्ठ,सचिब मोहन न्यौपाने लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)