बुटवल,चैत्र ५ ।
गुल्मेली सम्पर्क समाज रुपन्देहीले शङ्करनगरमा अवस्थित वनवाटिकामा वनभोज कार्यक्रम गर्ने भएको छ ।
गुल्मीबाट रुपन्देहीमा आई स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका गुल्मेली दाजुभाइ तथा दिदीबहिनीबीच आपसी सम्बन्ध प्रगाढ बनाउँदै एक अर्काबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना कुरा वनभोज कार्यक्रमका संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
वनभोज कार्यक्रममा गुल्मेली सराय नाच प्रदर्शन, गुल्मेलीको पहिचान झल्किने क्यालेन्डर विमोचन तथा परिचय आदानप्रदान कार्यक्रम गरिने भएकाले वनभोज कार्यक्रममा सहभागी भई दिनुहुन सम्पूर्ण गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थाका अध्यक्ष डा. नारायणप्रसाद पन्थले आह्वान गर्नुभएको छ ।
वनभोजमा सहभागी हुन प्रति व्यक्ति रु. १ हजार र एकाघरका अन्य सदस्यलाई प्रतिव्यक्ति रु. पाँच सयका दरले रकम बुझाउनुपर्ने संस्थाले जनाएको छ ।
वनभोज कार्यक्रममा सहभागी हुनका लागि रसिद काट्न ९८५७०२८९९६, ९८५७०२३६६१, ९८४७०७७३४९, ९८५७०२५९१७ र ९८५७०३७३६३ मा सम्पर्क गर्न सकिने वा गुल्मेली सम्पर्क समाजको कार्यालय तिलोत्तमा–४, डिङ्गरनगरमा अवस्थित श्रृङ्गेश्वर धाममा सम्पर्क गर्न सकिने समाजले बताएको छ ।
चैत २६ गते हुने वनभोज कार्यक्रममा ५ वर्षभन्दा कम उमेरका बालबालिका र ७५ वर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई शुल्क नलाग्ने कुरा समाजले बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)