चितवन,चैत्र ५ ।
चितवनमा जारी प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट तर्फका प्रथम चरणका खेलहरू सम्पन्न भएका छन्।
चितवनको गौतम बुद्ध अन्तराष्ट्रिय किकेट रंगशालाको नमुना मैदानमा चलिरहेको प्रतियोगितामा आजको पहिलो खेलमा भक्तपुरलाई ८ बिकेटले पराजित गर्दै सेमिफाइनल प्रवेष गर्ने पहिलो टोली बन्न सफल भएको छ टस हारेर ब्याटिङ्ग गरेको भक्तपुरले निर्धारीत २० ओभरमा ७ बिकेट गुमाउँदै १३० रनको योगफल तयार गर्यो।
१३१ रनको लक्ष्य पछ्याएको काभ्रेले बिस्फोटक व्याटिङ्ग गर्दै १२.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गर्यो ।३५ बलमा ७५ रन बनाएका काभ्रेका सुभाष खकुरेल म्यान अफ दि म्याच घोषित भए ।
आजै सम्पन्न दोस्रो खेलमा ललितपुरलाई ७४ रनले पराजित गर्दै मकवानपुरले सेमिफाइनलमा स्थान सुनिस्चित गर्यो । पहिले ब्याटिङ गरेको मकवानपुरले गौरब खड्काको सर्बाधिक ७७ रनको योगदानमा १९.१ ओभरमा अल आउट हुँदै १५८ रन जोड्न सफल भयो ।१५९ रनको लक्ष्य पछ्याएको ललितपुर पुरा २० ओभर खेल्दै ८ बिकेटको नोक्सानीमा ८४ रन मात्र जोड्न सक्यो ।
ललितपुरलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका बलर बिपुल खनालले ३ र समिर चौलागाईले २ विकेट लिन सफल भए ।सो खेलमा सर्बाधिक रन जोडेका गौरब खड्का अफ दि म्याच घोषित भए। प्रतियोगितामा भोली हुने दुइ खेलबाट सेमिफाइनलमा प्रवेश गर्ने बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ ।
भोली हुने पहिलो खेलमा धादिङ्ग ले काठमाण्डै को सामना गर्ने छ भने दोस्रो खेलमा घरेलु टोली चितवनले नुवाकोटको सामना गर्ने छ । प्रतियोगितामा वागमती प्रदेशका १२ जिल्लाको सहभागीता रहेको छ , चैत्र ७ गते सम्म चल्ने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् वागमती प्रदेशले आयोजना गरेको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)