Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

  • 2.7K
    SHARES

  • एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

    देवदह,चैत्र ५ ।

    नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ ।

    देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा पत्र तयारी कमिटी निर्माण गरेको छ ।

    तालमेलका लागि नारायण लुईटेल, टंक पोखरेल, डिल्लीराम सापकोटा रहेको समिति गठन गरेको छ भने घोषणा पत्र तयारीका लागि छवि भटराईको नेतृत्वमा ७ सदस्यीय घोषणा पत्र तयारी समिती बनाएको छ । यसै गरी आगामी बर्षका लागि विकास योजना छनौटका लागि यम प्रसाद लुईटेलको संयोजकत्वमा वडा अध्यक्षहरु रहेको योजना छनौट समिती बनाएको छ ।

    बैठकले बाँकी वडाहरुमा तत्काल कमिटी गठन गर्न जिम्मेवारी पनि तोकेको छ ।  कार्यक्रममा जिल्ला सचिव अविराम बिक, प्रदेश कमिटी सदस्य श्री राम यादव , थानेश्वर भटराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology