बुटवल,चैत्र ५ ।
पूर्वसचिव युवराज भुसालले लेखेको पुस्तक ‘हाम्रो भौगोलिक इतिहास’ सार्वजनिक भएको छ । २०३६ सालमा अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरी २०७१ सालमा नेपाल सरकारको सचिव पदबाट निवृत्त भएका भुसालले लेखेको पुस्तकमा बाइसे चौबिसे राज्यकालीन राज्य संरचनाको परिचय समेटिएको छ ।
पुस्तकमा भुसाल वंश, अर्घा र यसका छिमेकी राज्यहरूको इतिवृत्त राखिएको भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।
‘मैले जानेका कुराहरू समेटेको छु,सात खण्डमा विभाजित पुस्तक २७२ पेजको छ’ -उनले भने । खण्ड एकमा पौराणिक काल,दुईमा ऐतिहासिक काल,तीनमा अर्घा र छिमेकी राज्यहरूको इतिहास केलाइएको छ । खण्ड चार र पाँच भुसाल वंशमा केन्द्रित गरिएको छ ।
खण्ड ६ मा फुर्कोट क्षेत्रको आर्थिक राजनीतिक तथा प्रशासनिक इतिवृत्त र खण्ड सातमा बदलिँदो परिवेश छ । भुसाल वंशको इतिवृत्त केलाइएको पुस्तकमा अर्याल, थापा क्षत्री, भट्टराई, कुँवर,ओली,झाँक्री मगर, खड्का क्षत्री र शिल्पी परिवारसहितका यस भेगका भाषा परिवार तथा वंशको विषयका कोट्याएको छ ।
लेखक भुसालले २०३३ सालामा निजामती सेवामा प्रवेश गर्ने क्रममा भुसालको पहिचान सोधिकएको कारण लेख्न मन लागेको र विभिन्न सयमको अध्ययन र सेवानिवृत्त भएसँगै पुस्तक लेखनमा लागेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा.गंगाप्रसाद उप्रेतीले नेपालको इतिहासको विषयमा विदेशी विद्वानहरुले व्याख्या गरिदिएको पुस्तक पढेर थाहा पाउनुपर्ने बाध्यता रहेको अवस्थामा भुसालको पुस्तकले अन्य क्षेत्रमाबाट पनि यसैगरी इतिहास खोज्नका लागि प्रोत्साहन गर्ने बताए ।
पुस्तक किरण पुस्तकालय गुल्मी तम्घासले प्रकाशन गरेको हाे । कोराेनाकालको २ बर्षको समयमा पुस्तक लेखेको उनले नागरिक अनलाइनसंग बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)