Logo बिहिवार, आश्विन १ गते २०८३
images

तीनबर्षमा हाेलीले रंगिएको बुटवल (फाेटाेफिचर)

तीनबर्षमा हाेलीले रंगिएको बुटवल (फाेटाेफिचर)

  • 5.1K
    SHARES

  • तीनबर्षमा हाेलीले रंगिएको बुटवल (फाेटाेफिचर)

    बुटवल,चैत्र ४ । 

    कोभिड महामारीका कारण २ वर्षसम्म होलीमा रङ्गहीन बनेको रूपन्देही यसपटक भने रंगीन बनेको छ। लुम्बिनी प्रदेशका १२ मध्ये ६ तराईका जिल्ला होलीले रंगीन बनेको हो।

    रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके र बर्दियामा २ वर्षपछि होली मनाउँदा निकै उत्साह देखिएको छ।

    होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरूले होली मिलन कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत गरेका छन। कोभिडले शिथिल परेको निजी क्षेत्र, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकारहरू सबै होलीमा उत्साहका साथ रमाएका छन।

    रूपन्देहीको बुटवल, भैरहवा लगायतका क्षेत्रका चोक चोकमा युवा पुस्ता होलीमा रमाए। होलीका अवसरमा नेपाल पत्रकार महासंघ रूपन्देही,बुद्ध टेलिभिजन तथा राधाकृष्ण क्लव तथा अन्य  क्लबहरूले छुट्टा छुट्टै कार्यक्रम गरेर होली मनाएका हुन्।

    सडकमा हिँडेकाहरूलाई फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ।

    holi 2078.jpgsuman.jpg

    276146649_10228173724958394_6967412417612120665_n.jpgff.jpginsu.jpgss.jpgy.jpg

    fnj.jpg

    holi 2078.jpg

    pmc butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology